बीमा दावी भुक्तानी लिन बीमितलाई सिद्धार्थ प्रिमियमरको आग्रह, ३५ दिनभित्र नलिए दावी फाइल नै बन्द « Arthapath.com
५ असार २०८२, बिहीबार

बीमा दावी भुक्तानी लिन बीमितलाई सिद्धार्थ प्रिमियमरको आग्रह, ३५ दिनभित्र नलिए दावी फाइल नै बन्द



काठमाडौं । सिद्धार्थ प्रिमियमर इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ ।

कम्पनीले गत बैशाख मसान्तसम्ममा परेको दावीहरुको निवेदन प्राप्त भएको जनाएको छ ।

तर, त्यसपछि हालसम्म पनि दावी मूल्याङ्कनका लागि आवश्यक कागजातसहित सम्पर्कमा नआएका बीमितहरुको लामो समयदेखि दावी भुक्तानी बाँकी रहेको जनाएको छ ।

उक्त दावी फछ्र्यौटका लागि आवश्यक कागजातसहित कम्पनीको नजिकैको प्रदेश शाखा तथा उपशाखा कार्यालय वा केन्द्रिय कार्यालयमा सम्वन्धित सर्भेयरलाई सम्पर्क गरि भुक्तानी लिन आग्रह गरेको हो ।

आजैका मितिले ३५ दिनभित्र दावी सम्वन्धी आवश्यक कागजात प्राप्त नभएमा त्यस्तौ सबै दावी फाइन बन्द हुने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्