पहिरोका कारण कुन–कुन राजमार्ग अवरुद्ध छन् ?

काठमाडौं । वर्षाको कारण हाल एक दर्जन राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार मुख्य ११ वटा राजमार्गहरु अवरुद्ध बनेका हुन् ।
पहिरोका कारण ६ वटा सडक पूर्ण रुपमा अवरुथ भएको प्रहरीको बिहान ९ बजेसम्मको तथ्याङ्कले देखाएको छ । यस्तै, पाँच वटा सडक भने एकतर्फी सुचारु भएका छन् ।
