नेशनल लाइफको साधारण सभाबाट १५ प्रतिशत लाभांश पारित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको बिहीबार सम्पन्न ३७ औं वार्षिक साधारण सभाले १५ प्रतिशत लाभांश पारित गरेको हो ।
कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब २१ करोड २१ लाख रुपैयाँ छ । तर, बोनस सेयर वितरणपछि भने ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँ पुग्नेछ ।
सभाले चुक्तापुँजी वृद्धि गरी स्वीकृत प्रबन्धपत्रको दफा ८ (ग) तथा नियमावलीको नियम ४ (ग) थप संशोधन गर्ने, कम्पनी ऐन २०६३ को दफा १०५ (१) ग बमोजिम आर्थिक वर्ष २०८–८१ मा भएको खर्च अनुमोदन गरेको छ ।
यसका साथै गत आवको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ । यता, चालु आवका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ ।
सभाले सञ्चालक समितिको ५ जना सञ्चालकको निर्वाचन गरेको छ ।