नेपाल मर्चेन्ट बैंकर्स सङ्घको फुटसलको उपाधि नेपाल एसबिआईलाई

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स सङ्घले आयोजना गरेको एमबिएएन कप २०८२ को फुटसल खेलमा नेपाल एसबिआई मर्चेन्ट बैङ्किङले प्रभु क्यापिटललाई फाइनलमा हराउँदै यस वर्षको ऐतिहासिक उपाधि हासिल गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट समन्वय, कठिन परिश्रम र उच्च मनोबलको प्रदर्शन गर्दै नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग टिमले तीन प्रतिष्ठित उपाधिहरू क्रमशः उपाधि विजेता, उत्कृष्ट गोलकिपर तथा सर्वाधिक गोलकर्ता सहित ऐतिहासिक उपाधि हासिल गर्न सफल भएको छ ।
यस ऐतिहासिक जितमा योगदान पु¥याउने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टिमलाई नेपाल एसबिआई मर्चेन्ट बैङ्किङको तर्फबाट हार्दिक बधाई एवं धन्यवाद व्यक्त समेत गरेको छ ।
आगामी दिनहरूमा पनि यस्ता प्रतियोगितामा सक्रिय सहभागी भई संस्थाको गौरव बढाउँदै जाने दृढ सङ्कल्पका साथ, हामी सबैलाई अझ प्रेरणा मिलोस् भन्ने कामना नेपाल एसबिआई मर्चेन्ट बैङ्किङ परिवारले गरेको छ ।