इनफिनिक्सकाे गेमिङ्ग स्मार्टफोन जिटी ३० प्रो नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडाैं । इनफिनिक्स नेपालले आफ्नो नयाँ स्मार्टफोन जिटी ३० प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ।यो कुनै साधारण फोन लञ्च होइन – यो त मोबाइल गेमिङ्गको दुनियाँमा एकदमै ठुलो एलान हो।
कम्पनीले भनेको छ, ‘साहसी, छिटो र डर नभएकाहरूका लागि बनेको यो जिटी ३० प्रो केवल फोन नभएर ओरिजिनल गेमरहरूका लागि बनाइएको युद्ध हतियार हो।’
नेपालकै सबैभन्दा ठूलो ईस्पोर्ट्स इभेन्ट २०२५ पब्जी मोबाइल सुपर लिग सिएसए स्प्रिङ फाइनल अफलाइन वाच पार्टीबीच भक्तपुरको इन्फिनिटी लाउन्जमा यसको भव्य प्रिमियर गरिएको हो ।
इन्फिनिक्सले पब्जी मोबाइलका टप प्लेयरहरू, स्ट्रिमरहरू र गेमिङ्ग फ्यानहरूको उपस्थितिमा जिटी ३० प्रो केवल गेमरहरूका लागि मात्र हैन, गेमरहरूले नै निर्माण गरिएको फोन हो भन्ने ठुलो सन्देश दिएको छ।
अनबक्सिङदेखि लाइभ गेमप्ले सम्म, उपस्थित दर्शकहरूले यो फोनको दमदार परफर्मेन्स, प्रिमियम डिजाइन र प्रो लेभल ईस्पोर्ट्स पोटेन्सियल अनुभव गरे।
जिटी २० प्रोको धमाकेदार सफलतापछि, जसले नेपाली गेमरहरूबीच निकै लोकप्रियता कमाएको थियो, अब जिटी ३० प्रोको आगमनसँगै त्यो सफलता झन् नयाँ उचाइमा पुग्ने कम्पनीको विश्वास छ ।
इन्फिनिक्सः नेपालको पहिलो ईस्पोर्ट्स-रेडी स्मार्टफोन ब्रान्ड
पिएमएसएल वाच पार्टी को अवसरमा जिटी ३० प्रोको सार्वजनिक घोषणा गर्दै इन्फिनिक्सले फेरि प्रमाणित गर्यो कि उनीहरू केवल स्मार्टफोन ब्रान्ड मात्र होइन – नेपालमा मोबाइल ईस्पोर्ट्सलाई सहयोग गर्ने पहिलो ब्रान्ड पनि हुन्।
जिटी २० प्रोको लोकप्रियता पछि, अब जिटी ३० प्रोको आगमनसँगै इन्फिनिक्सले नेपालमा ईस्पोर्ट्स-रेडी स्मार्टफोनहरूको नेतृत्व सम्हाल्दैछ।
जिटी ३० प्रो अहिले नेपालभरका अधिकृत विक्रेताहरू र अनलाइन स्टोरहरूमा उपलब्ध छ। नेपाली बजारमा यसको मूल्य ४७ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।
के के छन् विशेषता ?
जिटी ३० प्रो, साँचिकै ओरिजिनल गेमरहरूको लागि डिज़ाइन गरिएको स्मार्टफोन हो जसले कुनै लैग बिना, अत्यधिक गेमिङ अनुभव प्रदान गर्दछ। यसमा प्रयोग गरिएको Dimensity 8350 Ultimate (5.5G) प्रोसेसरले कुनै पनि सीमाबिना उत्कृष्ट गति र पर्फमेन्स सुनिश्चित गर्छ।
१६ जिबी र्याम (८GB + ८GB Extended) र २५६ जिबी स्टोरेज संग यो फोन मल्टिटास्किङमा कुनै समस्या बिना, खेलहरूको पूर्ण नियन्त्रण प्रदान गर्न सक्षम छ। गेमिङको अनुभवलाई अझ सुधार गर्न जिटी ट्रिगरहरू जस्तै कन्सोल कन्ट्रोलको सुविधा दिइएको छ, जसले खेलाडीलाई निन्जा जस्तै स्वाइप गर्न मद्दत पुर्याउँछ।
१४४Hz 1.5K माेबाइल डिस्प्लेमा गेमिंग गर्दा आँखालाई आराम मिल्छ र एकसाथ उच्च गुणवत्ता र स्पष्टता प्रदान गर्दछ।
फोनको 5000mAh ब्याट्री साथै ४५ वाट फास्ट चार्जिङ र ३० वाट वायरलेस चार्जिङको साथमा, गेमिङका दौरान फोन सधैं चार्ज र रेडी रहन्छ।
१०८एमपी रियर क्यामेरा र १३ एमपी फ्रन्ट क्यामेराले हरेक क्लिकमा हेडशट जस्तै तस्बीर प्रदान गर्छ। यसका अलावा, मेकानिकल लाइट वेभ डिजाइनले फोनलाई आकर्षक बनाउँछ र चलाउँदा उत्कृष्ट अनुभव प्रदान गर्दछ।
XOS 15 (Android™ 15 मा आधारित) मा आधारित यो फोन बिनाझन्झट र शुद्ध पर्फमेन्सको ग्यारेन्टी दिन्छ। यसमा १५ महिनाको वारेन्टी दिइन्छ, जसले पावर र विश्वासका साथ प्रयोगकर्तालाई सन्तुष्टि पुर्याउँछ।