अग्ला र कठिन भू-भाग चढ्न बनेकाे पिकअप फोटोन टुनल्यान्ड जी ७ अब नेपालमा « Arthapath.com
८ असार २०८२, आईतबार

अग्ला र कठिन भू-भाग चढ्न बनेकाे पिकअप फोटोन टुनल्यान्ड जी ७ अब नेपालमा



काठमाडौं। नेपालको अटोमोबाइल क्षेत्रमा एक ऐतिहासिक क्षणका रूपमा फोटोनको प्रमुख पिकअप टुनल्यान्ड जी ७ लाई पुलचोकस्थित ‘द प्लाजा’ मा औपचारिक रूपमा सार्वजनिक गरिएको छ।

यसअघि नै टुनल्यान्ड जी ७ ले २३ दिनमै ८ वटा उच्च र कठोर अफ-रोड भूभागहरू पार गर्ने विश्वकै पहिलो पिकअपका रूपमा इतिहास रचिसकेको छ। नेपालमा डेब्यु गर्नु अघि यो गाडी १५,००० किलोमिटरको कठिन परीक्षणमा टेस्ट गरिएको थियो।

असार ८ गते सम्पन्न भएको यस भव्य सार्वजनिक कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, फोटोन इन्टरनेशनल साउथ एसियाका प्रबन्ध निर्देशक एरिक वाङ, बेइकी फोटोनका पीआर निर्देशक तथा फोटन इन्टरनेशनलका प्रमुख अकाउन्ट निर्देशक ली जुओचेंग, फोटोन इन्टरनेशनल प्यासेन्जर भेहिकल बिजनेसका सीनियर मार्केटिङ म्यानेजर सुश्री एमिली डिङ, लियो झाओ र एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ताले संयुक्त रूपमा यस परिवर्तनकारी सवारीसाधनको नेपाल आगमनलाई स्वागत गरे।

सार्वजनिक कार्यक्रममा बोल्दै विवेक सिकारियाले भने, “नेपालका आफ्नै चुनौतीहरू हुँदाहुँदै पनि हामीले फोटोनसँग सहकार्य गर्ने निर्णय गर्‍यौं र म गर्वका साथ भन्न सक्छु कि आज त्यो विश्वास सार्थक भएको छ। पछिल्ला पाँच, छ वर्षमा हामीले नेपालमा १५०० भन्दा बढी फोटोन सवारी साधन बिक्री गरिसकेका छौं, जसमा ५०० भन्दा बढी पिकअपहरू पर्छन्।” उनले थप जोड दिँदै भने, “आफ्टर सेल्स सर्भिस र स्पेयर पार्ट्सको मामलामा हामीले कुनै कसर बाँकी राखेका छैनौं। रोकथाम मेनटेनेन्सदेखि एक्सिडेन्टल मर्मतसम्म, जी ७ को मर्मत खर्च बजारका अन्य विकल्पहरूभन्दा २०५ कम छ।”

कार्यक्रमपछि टुनल्यान्ड जी ७ पहिल्यै बुकिङ गरेका ग्राहकहरूलाई साँचो हस्तान्तरण गरिएको थियो।

फोटोन टुनल्यान्ड जी ७ः बिल्ट फर हिमालय
चीनमा अटोनोमस व्यवसायिक सवारी साधन सार्वजनिक गर्ने पहिलो ब्रान्डको रूपमा फोटोनको गौरवशाली इतिहास रहेको छ र आज पनि कम्पनी अत्याधुनिक डिजाइनमा अगाडि रहँदै आएको छ। टुनल्यान्ड जी ७ त्यहि इनोभेसनको सजीव प्रमाण हो।

यो गाडी बलियो र इन्टेलिजेन्सको खोज गर्ने यात्रुहरूको लागि बनाइएको हो। १६० एचपी पावर र ३९० एनएम टर्कसहित जी ७ ले नेपालको सबै भूभागमा अद्वितीय प्रदर्शन दिन्छ। २२५ मिमीको उच्च ग्राउन्ड क्लियरेन्सका साथ यो गाडी उबडखाबड बाटो, उकालो चढाइ र अनिश्चित हिमाली बाटाहरूलाई आत्मविश्वासका साथ पार गर्न सक्छ।

हिल होल्ड कन्ट्रोल र हिल डिसेण्ट कन्ट्रोलले चढाइ र ओर्लाइ दुवैलाई सुरक्षित बनाउँछ र पुश-स्टार्ट इञ्जिन बटन सजिलै पहुँचयोग्य हुनेगरी औंलामै राखिएको छ।

तर, बलियो प्रदर्शन मात्र होइन, यो गाडीमा आराम पनि कम छैन। भित्री भागमा १२.३ इन्चको इन्फिनिटी स्क्रिन राखिएको छ जसले नेभिगेसन र मनोरञ्जनको आवश्यकता पूरा गर्छ। तातो र चिसो हुने, १२ तरिकाले एडजस्ट गर्न सकिने इलेक्ट्रिक सिटहरू छन् जसले चालक र यात्रुलाई मौसमअनुकूल आरामदायी अनुभव दिन्छ। प्यानोरामिक सनरूफले आकासलाई नजिक ल्याउँछ, जसले शक्तिशाली गाडीभित्रको सौन्दर्य र खुलापनको अनुभूति दिलाउँछ। साथै, अटोमेटिक एयर कन्डिसनिङले जस्तोसुकै मौसममा पनि यात्रालाई सहज बनाउँछ।

फोटोनले सधैं उद्देश्यसहितको नवप्रवर्तनमा विश्वास गर्दै आएको छ र टुनल्यान्ड जी ७ औपचारिक रुपमा सार्वजनिक भएसँगै त्यो उद्देश्य अब नेपाली भावनासँग जोडिएको छ। पुलचोकको ‘द प्लाजा’मा सार्वजनिक गरिएको यो गाडी केवल नेपालको अटो बजारमा अर्को सवारी थपिएको होइन, यो त नेपालकै लागि डिजाइन गरिएको हो। यो नयाँ पुस्ताको पिकअप गाडी घाम उदाएसँगै उठेर हिमालका उचाइहरूलाई साहस र सौम्यतासाथ पार गर्ने नेपालीहरूको परिश्रमी भावनाको उत्सव हो।

चाहे भरपर्दो र शक्तिशाली सवारीको आवश्यकता भएका साना व्यवसायी हुन् वा विकेन्डमा पहाडमा घुम्ने सपना देख्ने परिवार हुन्, टुनल्यान्ड जी ७ सबैको आवश्यकता पुरा गर्न सक्षम छ। कठोर अफ-रोड परिस्थितिमा १५,००० किलोमिटरको परीक्षणपछि र विश्वकै पहिलो पिकअपको रूपमा २३ दिनमै आठवटा सबैभन्दा चुनौतीपूर्ण ट्रेलहरू पार गरी, जी ७ ले आफूलाई सहनशीलता र क्षमताको प्रतीकको रूपमा प्रमाणित गरेको छ।

फोटोन टुनल्यान्ड जी ७ सुरुवाती मूल्यहरू एलिटका लागि ५१.९९ लाख, लक्जरीका लागि ६५.४० लाख र फ्ल्यागशिप मोडेलका लागि ६९.९९ लाख रुपैयाँ गरी तीन फरक भेरियन्टहरूमा उपलब्ध छ।

इनोभेसनको उत्कृष्टता र नेपाली भावना भएको यो गाडी केवल पिकअप मात्र होइन, प्रगतिको सहयात्री पनि हो। केवल ड्राइभ गर्ने होइन, यसले नेतृत्व पनि गर्छ। शक्ति, सहनशीलता र लक्ष्यसहित निर्माण गरिएको यो गाडी जतिसुकै कठिन बाटोमा पनि रोकिन नचाहनेहरूका लागि हो।

टुनल्यान्ड जी ७ २.० लि डिजेल ४ः४ एमटी कम्फर्ट र २.० लि डिजेल ४ः४ एमटी कम्फर्ट दुई भेरियन्टमा उपलब्ध छ । दुवैमा उच्च टर्क र इन्धन दक्षताका लागि चिनिएको बलियो २.० लि डिजेल इञ्जिन छ। यसका मुख्य फिचरहरूमा १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, रियर-भ्यू क्यामेरा, डुअल एयरब्याग, एबीएस विथ ईबीडी, हिल होल्ड असिस्ट र इलेक्ट्रोनिक डिफरेन्सियल लक सामेल छन्। टुनल्यान्ड जी ७ ले बलियो प्रदर्शन र परिष्कृत डिजाइनलाई संयोजन गर्दै चुनौतिपूर्ण अफ(रोड र आरामदायी शहरी यात्रा दुवैमा उपयुक्त अनुभव दिन्छ।

एमएडब्लू वृद्धि कमर्सियलको बारेमा
नेपालको व्यावसायिक सवारी साधन क्षेत्रका प्रमुख खेलाडीहरूमध्ये एक, एमएडब्लू वृद्धि कमर्सियल भेइकल प्रा।लि।ले बलियो, भरपर्दो र इनोभेटिभ मोबिलिटी सोलुसन्स प्रदान गर्दै आएको छ।

नेपालका लागि फोटोन सवारी साधनको आधिकारिक वितरकको रूपमा यसले विश्वस्तरको प्रविधि र इन्जिनियरिङ ल्याएर नेपाली सडक र व्यवसायहरूको विविध आवश्यकताहरू पूरा गर्दै आएको छ।

ग्राहक सन्तुष्टि, आफ्टर सेल्स सर्भिस र दीर्घकालीन मूल्यमा विशेष ध्यान दिँदै एमएडब्लू वृद्धिले नेपालको व्यावसायिक यातायात क्षेत्रमा प्रगति र प्रदर्शनको गति अघि बढाइरहेको छ।


प्रतिक्रिया दिनुहोस्