राष्ट्र बैंकलाई लगानीकर्ताको चार बुँदे सुझाव: सेयर धितो कर्जाको सीमा खारेज गर्न माग « Arthapath.com
८ असार २०८२, आईतबार

राष्ट्र बैंकलाई लगानीकर्ताको चार बुँदे सुझाव: सेयर धितो कर्जाको सीमा खारेज गर्न माग



काठमाडौं। लगानीकर्तका तर्फबाट ३ संस्थाका प्रतिनिधिहरूले नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलसँग भेटवार्ता गरेका छन् ।

आइतबार गभर्नर पौडेलसँग भेट गरी उनीहरूले चार बुँदे सुझाव सहित ध्यानाकर्षण गराएका हुन्। उक्त भेटमा उनीहरूले सेयर धितो कर्जामा लागु गरिएको १५ करोड रुपैयाँको सीमा खारेज गर्न लगानीकर्ताले माग गरेका छन्।

प्रतिनिधिहरूले सेयर धितो कर्जामा रहेको सीमा हटाई बजारको स्वाभाविक प्रवाह कायम गर्नुपर्ने बताएका छन्। हालको सीमा लगानी स्वतन्त्रताविपरीत रहेको छ र यसले पूँजी बजारको विस्तारमा अवरोध पुर्‍याइरहेको उनीहरूको भनाइ छ ।

त्यस्तै, लघुवित्त संस्थाहरूलाई १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सीमा पनि खुला अर्थनीतिक सिद्धान्तको विपरीत भएकाले हटाइनु पर्ने उनीहरूको माग छ।

“लघुवित्त संस्था सञ्चालनमा स्वतन्त्रता आवश्यक छ,” लगानीकर्ताले भनेका छन्, “लाभांश वितरणमा अंकुश लगाउनु कार्य सम्पादनमा प्रत्यक्ष हस्तक्षेप हो।”

साथै, बैंक तथा वित्तीय संस्थाहरूले पुँजी बजारमा गर्ने लगानीको सीमा बढाउनुपर्नेमा पनि उनीहरूले जोड दिएका छन्। अन्ततः गैरआवासीय नेपालीहरूलाई पनि सेयर बजारमा सहज रूपमा लगानी गर्न मिल्ने व्यवस्था गर्नुपर्ने माग लगानीकर्ताहरूले गभर्नरसमक्ष राखेका छन्।


प्रतिक्रिया दिनुहोस्