प्रभू इन्स्योरेन्सको लाभांश घोषणा, १८ प्रतिशत बोनस सेयर दिने « Arthapath.com
९ असार २०८२, सोमबार

प्रभू इन्स्योरेन्सको लाभांश घोषणा, १८ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । प्रभू इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने बोनस सेयर घोषणा गरेको हो ।

हाल कायम चुक्ता पुँजीको १८ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.९४७४ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने घोषणा गरेको छ ।

अब उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्