लाभांश पारित गर्न यूनाइटेड अजोडले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
९ असार २०८२, सोमबार

लाभांश पारित गर्न यूनाइटेड अजोडले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । लाभांश पारित गर्न यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले साधारण सभा बोलाएको छ ।

कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सोही लाभांशलाई आगामी असार ३० गते काठमाडौँमा हुने ३१ औँ वार्षिक साधारण सभाले पारित गर्नेछ ।

सभाले १५ प्रतिशत हकप्रद संशोधन गरी बोनस सेयर वितरण पश्चात कायम चुक्ता पुँजीको १० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनिन पारित हुनेछन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले असार १९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्