एशियन लाइफले डाक्यो साधारण सभा, लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश पारित गर्न सााधारण सभा बोलाएको छ ।
कम्पनीले आगामी असार ३० गते १७औं वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्नेछ।
कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ५.१० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६८४ प्रतिशतका दरले नगद लाभांश दिन निर्णय गरेको छ। सोही लाभांश साधारण सभाले वितरणयोग्य बनाउनेछ ।
सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
यस्तै, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनीहरुको तफृबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, १ जना स्वतन्त्र सञ्चालक मनोनित गर्ने एजेन्डा रहेको छ । यसकासाथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित हुनेछन् ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले असार २० गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ।