नेपालमा विद्युतीय भ्यान सम्बन्धी भ्रामक प्रचार, बिग्रँदो हाईवे र चालक सचेतनाको कमी « Arthapath.com
९ असार २०८२, सोमबार

नेपालमा विद्युतीय भ्यान सम्बन्धी भ्रामक प्रचार, बिग्रँदो हाईवे र चालक सचेतनाको कमी



काठमाडौं । हाल नेपालमा विद्युतीय भ्यान (ईभी भ्यान)काे प्रयोग तीव्र रूपमा बढ्दै गएको छ। आर्थिक, वातावरणीय र रोजगारीको दृष्टिकोणले भ्ख् भ्यानहरूले उल्लेखनीय सकारात्मक प्रभाव पारिरहेका छन्।

तर पछिल्ला केही समय यता, सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमहरू मार्फत विद्युतीय भ्यान असुरक्षित छ भन्ने भ्रामक प्रचार भईरहेको देखिएको छ। यस प्रकारका गतिविधिहरूले विद्युतीय सवारीसाधनप्रति ग्राहकहरूमा अनावश्यक डर र शंका उत्पन्न गराइरहेका छन्।

सामाजिक सञ्जाल पेजहरूमा नियोजित रूपमा ईभी भ्यानहरू दुर्घटनाग्रस्त भएको तस्बिरहरू प्रयोग गरेर त्यसलाई ईभीको दोष भनी प्रचार गरेको पाइएको छ। कुनै तथ्यमा आधारित नभएका दुर्घटनाका तस्बिरहरूलाई अतिरञ्जित व्याख्यासहित प्रचार गरेर उपभोक्ताहरूलाई भ्रममा पार्ने प्रयासहरू भईरहेको देखिएको छ, जुन एकदमै निन्दनीय छ।

यस्ता तस्बिरहरूमा गाडीको लोगो देखाइएको छैन, ताकि त्यो कुन कम्पनीको गाडी हो भन्ने पहिचान नहोस्, तर ईभी भन्न सकियोस् भन्ने नियत देखिन्छ।कतिपय घटनामा त यी तस्बिरहरू डीजल गाडीको भएको प्रमाण भेटिएको छ तर ईभी भनी प्रचार गरिएको छ।

मुख्य समस्याः बिग्रँदो हाईवे , चालक सचेतना तथा टाइम कार्ड प्रणालीको अभाव
वास्तवमा, पछिल्ला अधिकांश दुर्घटनाको जड साँघुरा हाईवे, खाल्डाखुल्डी युक्त कमजोर संरचनाका बाटाहरू, अनियन्त्रित गतिमा सवारी चलाउने, र चालकमा आधारभूत सुरक्षाप्रति सचेतनाको कमी हो। दुर्घटनाका प्रमुख कारणहरूमा लापरवाही, ओभरटेक गर्ने बानी, ट्राफिक नियमको पालना नगर्नु आदि समावेश छन्।

दुर्घटनामा प्रयोग भएका धेरै भ्ख् भ्यानहरू निर्माणमै सुरक्षामा ध्यान दिइएको हुन्छ, र पुनःउर्जाजन ब्रेक प्रणाली जडित हुन्छ, त्यसैले निर्माण दोष कम र मानवीय लापरवाही तथा सडक अवस्थाले दुर्घटना निम्त्याउने सम्भावना बढी रहेको देखिन्छ। साथै, पहाडी क्षेत्रका धेरैजसो स्थानमा टाइम कार्ड लागू भएको पाइए पनि, नेपालको राजमार्गहरूमा गति नियन्त्रण गर्न तथा सवारी दुर्घटना घटाउन टाइम कार्ड लागू गरिएको पाइिएको छैन, जुन अत्यन्तै आवश्यक देखिन्छ।

ईभीको सुरक्षालाई लिएर अनावश्यक भ्रम फैलाउने भन्दा पनि प्रमाणमा आधारित रिपोर्ट र अधिकारिक विश्लेषणलाई प्राथमिकता दिनु आवश्यक छ। एक कम्पनीका प्रतिनिधि अनुसार हाम्रो कम्पनीले चीनका सुरक्षित भ्ख् ब्रान्डहरू नेपालमा भित्र्याउँदै आएको छ, जसमा ग्राहक सुरक्षालाई सर्वाधिक प्राथमिकता दिइएको छ। हामी सम्पूर्ण चालकहरूलाई अनुरोध गर्दछौं किस् ओभरस्पिड नगर्नुहोस्, हाईवेमा बाटोको अवस्था हेरी सावधानीपूर्वक गाडी चलाउनुहोस्, सुरक्षाका सबै उपायहरूको पालना गर्नुहोस्, नियमित मर्मत तथा चेकअपमा ध्यान दिनुहोस्।

नेपालको वातावरण सुधार, स्वरोजगार वृद्धिमा भ्ख् ले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यस्तो अवस्थामा झूठो प्रचारले यो कार्य भ्ख् बिक्रेता र प्रयोगकर्ताहरूलाई निरुत्साहित गर्ने प्रयास हो त्यसैले, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, चालक सचेतना अभिवृद्धि, र सरकारी स्तरमा सडक संरचना सुधार गर्नु अहिलेको आवश्यकता हो।


प्रतिक्रिया दिनुहोस्