यस वर्ष असार १५ मा ८० लाख लिटर दही खपत हुने « Arthapath.com
१३ असार २०८२, शुक्रबार

यस वर्ष असार १५ मा ८० लाख लिटर दही खपत हुने



काठमाडौं। नेपाली समाजमा परम्परागत रूपमा राष्ट्रिय धान दिवस र दही–चिउरा खाने विशेष दिनको रूपमा मनाइन्छ। यस अवसरमा देशभर नै दहीको अत्यधिक खपत हुने गरेको छ।

यस वर्ष पनि नेपाली राष्ट्रिय धान दिवस अर्थात् १५ असारमा ८० लाख दही खपत हुने अनुमान गरिएको छ । नेपाल डेरी एसोसिएसनका अनुसार यो वर्ष असार १५ मा झण्डै १ अर्ब ४० करोड रुपैयाँ बराबरको ८० लाख लिटर दही खपत हुने अनुमान गरिएको छ।

यसैबीच बिहिबार नेपाल डेरी एसोसिएसनले काठमाडौँमा ‘दही चिउरा खाने विशेष कार्यक्रम – २०८२’ आयोजना गरेको थियो। कार्यक्रममा उपभोक्तामाझ दहीको पोषण महत्व, उपभोगको प्रवृत्ति र डेरी क्षेत्रको आर्थिक प्रभावबारे जानकारी दिइएको थियो।

दही प्रोटिन, क्याल्सियम, भिटामिन र प्रोबायोटिक्सयुक्त पोषिलो खाद्यपदार्थ हो। चामलको चिउरा र दहीको संयोजन गर्मी मौसममा पचाउन सजिलो र ऊर्जा दिने भएकाले पोषणविद्हरू पनि यसको सेवनको सिफारिस गर्छन्।

असार १५ मा दही–चिउरा खाने चलन केवल परम्परा मात्र होइन, स्वास्थ्य र पोषणको दृष्टिले पनि लाभदायक भएको एसोसिएसनले बताएको छ।


प्रतिक्रिया दिनुहोस्