माबिलुङ्ग इनर्जीको आइपीओ असार २२ गतेदेखि बिक्री खुला हुने « Arthapath.com
१५ असार २०८२, आईतबार

माबिलुङ्ग इनर्जीको आइपीओ असार २२ गतेदेखि बिक्री खुला हुने



काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आगामी असार २२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गर्ने भएको हो ।

कम्पनीले जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने भएको हो ।


कुल १८ लाख ९० हजार ५३० कित्तामध्ये ३ करोड ८५ लाख ८२ हजार ४०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्नेछ ।

उक्त आइपीओ खरिदका लागि लागि संखुवासभा जिल्लाको मादि नगरपालिका वडा नं. ७, ८, ९ र चैनपुर नगरपालिका वडा नं. २, ३, ७, ८, ९ मा स्थायी बसोबास गर्ने स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

यता, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोड ५० लाख ४७ हजार १०० रुपैयाँ बराबरको १ लाख ५० हजार ४७१ कित्ताका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीहरु आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले छिटोमा साउन ४ गते र ढिलोमा साउन १९ गतेसम्म दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ४ गतेभित्र आवेदन दिनु पर्नेछ ।

कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्