बुटवल–नारायणगढ सडकखण्ड पूर्णरूपमा अवरुद्ध

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास क्षेत्रमा लगातारको वर्षासँगै खोलामा आएको बाढीका कारण बुटवल–नारायणगढ सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोला र वैकल्पिक भित्री सडकमा पानीको बहाव बढेपछि सवारी आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ ।
डाइभर्सन र वैकल्पिक मार्ग हुँदै सर्दी–ज्यामिरे हुँदै सञ्चालनमा रहेका साना तथा मालबाहक सवारीसाधन अहिले सुरक्षित स्थानमा रोकिएका छन् । साथै खरंगे खोलामा पानीको बहाव बढेपछि वैकल्पिक बाटोसमेत अवरुद्ध भएको हो ।
प्रहरीका अनुसार अहिले दाउन्ने–दुम्कीवास खण्डमा कुनै सवारीसाधन सञ्चालनमा छैन।