कर्णाली राजमार्ग अवरूद्ध बन्दा ६ जिल्लाकाे अवागमन ठप्प « Arthapath.com
१६ असार २०८२, सोमबार

कर्णाली राजमार्ग अवरूद्ध बन्दा ६ जिल्लाकाे अवागमन ठप्प



काठमाडाैं । लगातारकाे वर्षापछि पहिराे खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएकाे छ ।

कर्णाली राजमार्गको सुर्खेत–जुम्ला खण्डअन्तर्गत कालिकोटको गगने खोला र दैलेखको जितेमा परेको पहिरोका कारण राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हाे।

राजमार्ग अवरुद्ध हुँदा कालिकोट, जुम्ला, मुगु, बाजुरा, हुम्ला र सुर्खेततर्फ जाने मालवाहक र सार्वजनिक सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्।

हिरो बगिरहेको कारण अहिले त्यहाँ सवारी सञ्चालन गर्न समस्या भएको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार अहिले जेसीभीको सहयोगमा पहिरो पन्छाउने कार्य भइरहेको छ भने सडक डिभिजन कार्यालय जुम्लाबाट आवश्यक मेसिन समेत मगाइएको छ।


प्रतिक्रिया दिनुहोस्