एमजी ‘विन्डसर ईभी’ आजदेखि नेपाली बजारमा, मूल्य कति पर्ला ?

काठमाडौँ । एमजी ‘विन्डसर ईभी’ आज अर्थात् असार १८ गते नेपाली बजारमा औपचारक सार्वजनिक गरिने भएको छ ।
नेपालका लागि एमजीको आधिकारिक बिक्रेता पारामाउण्ट मोटर्सले विन्डसर मोडलको नयाँ ईभी नेपाल भित्र्याएको हो । यो गाडी आज औपचारिक रुपमा सार्वजनिक गरिँदैछ ।
‘जेडएस’ इभीको अपार सफलतापछि ‘विन्डसर ईभी’ मोडलको ईभी नेपाल ल्याएको हो । हाल नेपालमा विन्डसर ईभी इसेन्स र एक्सक्लुसिभ गरि दुई भेरियन्टमा उपलब्ध हुनेछ ।
कम्पनीका अनुसार इसेन्सको मूल्य ४२ लाख ४९ हजार रुपैयाँ र एक्सक्लुसिभको भने ३९ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यद्यपि, आजै सार्वजनिक गरिने हुँदा यसमा केही फरक पर्न सक्नेछ ।
जेठ अन्तिम साता नै नेपाल प्रवेश गरेको यी गाडीको मूल्य निर्धारण नहुँदा औपचारिक रुपमा सार्वजनिक गर्न ढिलाई भएको थियो । तर, अहिले मूल्य निश्चित भइसकेकाले नेपाली बजारमा सार्वजनिक गर्न लागिएको हो ।
कस्तो हो एमजी ‘विन्डसर ईभी’ ?
नेपाली बजारमा भित्रिएका एमजी ब्रान्डको नयाँ इलेक्ट्रिक मल्टि युटिलिटी भेहिकल ‘विन्डसर ईभी’ डिजाइन र बनावटको हिसाबले विन्डसर ईभी निकै स्टायलिस देखिन्छ ।
शहरी सडकदेखि तराईका बाटोसम्म सहज यात्रा गर्न मिल्ने गरी निर्माण गरिएको यो मोडल प्रिमियम डिजाइन, सुविधा र प्रविधिले भरिएको छ ।
सेडानको झल्को दिने डिजाइन, फ्लस डोर ह्याण्डल, एलईडी लाइट, ठूलो फ्रन्ट ग्रिल र १८ इन्चको अलोय ह्वीलले यसलाई आकर्षक बनाएको छ । ४२९५ मिलिमिटर लम्बाइ, २१२६ मिलिमिटर चौडाइ र १६७७ मिलिमिटर उचाइ भएको यो गाडीमा पाँच जना यात्रु सहज रूपमा बस्न सकिनेछ ।
कम्पनीका अनुसार १८६ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स र २७०० मिलिमिटरको ह्वीलबेसले खाल्डाखुल्डी तथा अप्ठ्यारा सडकमा पनि सहजै चलाउन मिल्ने बनाएको छ ।
गाडीमा ३८ किलोवाट आवर क्षमताको एलएफपि ब्याट्री जडान गरिएको छ भने १०० किलोवाटको मोटर प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसले एकपटकको पूरै चार्जमा अधिकतम ३३१ किलोमिटरसम्म यात्रा गर्न सक्छ । सहरी यात्राको परीक्षणमा यसको रेन्ज ३२७ किलोमिटर मापन गरिएको छ ।
सुविधाका हिसाबले पनि विन्डसर ईभी निकै उन्नत छ । गाडीमा वायरलेस चार्जिङ, अटोमेटिक एयर कन्डिसन, पावर टेलगेट, अगाडि सिट इलेक्ट्रिक एड्जस्ट गर्न मिल्ने सुविधा छ । सुरक्षाका लागि ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र ३६० डिग्री क्यामेरा जस्ता विशेषता समावेश गरिएको छ ।
पछाडिको सिट १३५ डिग्रीसम्म झुकाउन मिल्ने बनाइएको छ, जसले यात्रुलाई अझ बढी आरामदायी बनाउँछ । साथै, ठूलो पानारोमिक सनरूफ इन्टेरियरको आकर्षण थप्ने अर्को विशेषता हो ।
गाडीको इन्टेरियरमा ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल र १५.६ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम राखिएको छ, जसले प्रयोगकर्तालाई आधुनिक डिजिटल अनुभव प्रदान गर्छ ।
कम्पनीले एमजी विन्डसर ईभीलाई नेपालको ईभी बजारमा गेम चेन्जरको रूपमा प्रस्तुत गर्दै स्टायल, सुविधा र दिगोपनाको सन्तुलन खोज्ने उपभोक्ताका लागि उपयुक्त विकल्प भएको बताएको छ ।