असार २७ गतेदेखि आईपीओ बिक्री खुला गर्दै स्वस्तिक लघुवित्त, कति र कहिलेसम्म दिने आवेदन ? « Arthapath.com
१९ असार २०८२, बिहीबार

असार २७ गतेदेखि आईपीओ बिक्री खुला गर्दै स्वस्तिक लघुवित्त, कति र कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ ल्याउने भएको छ ।

कम्पनीले आउँदो असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । त्यसमध्ये १ हजार १५५ कित्ता कर्मचारीहरुका लागि, ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार रुपैयाँ बराबरको २३ हजार १०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गर्ने भएको हो ।

उक्त आइपीओमा साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ताका लागि र अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्