वैदेशिक रोजगार बीमा व्यवसायको आकार सवा तीन अर्ब, साढे २५ लाख बीमालेख सक्रिय

काठमाडौं । वैदेशिक रोजगार बीमा मार्फत जीवन बीमा कम्पनीहरुले सवा तीन अर्ब बढी बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले हालै प्रकाशित गरेको पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको जेठ मसान्तसम्ममा बैदेशिक रोजगार बीमा अन्तर्गत कम्पनीहरुले ३ अर्ब १९ करोड २६ लाख ८८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
हाल वैदेशिक रोजगारीमा गएका नेपाल कामदारको २५ लाख ४० हजार बीमालेख सक्रिय छन् ।
बैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरु अनिवार्य रुपमा म्यादी बीमा गर्नुपर्दछ । सोही अनुसार नै गरिएको बीमामा सो संख्यामा पोलेसी सक्रिय देखिएको हो । पछिल्लो समय बैदेशिक रोजगार बीमालाई पुल मार्फत सञ्चालन गरिएको छ ।
हाल नेशनल लाइफ, नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरशेन (एलआईसी नेपाल), सुर्याज्योति लाइफ, आइएमई लाइफ, सन नेपाल लाइफ, रिलायवल लाइफ, सिटीजन लाइफ, सानिमा लाइफ र प्रभु लाइफले वैदेशिक रोजगार बीमा गरिरहेका छन् ।
वैदेशिक रोजगार बीमा व्यवसाय सन नेपाल लाइफकै वर्चश्व छ । कम्पनीले ११ महिनामा ९८ करोड ३२ लाख ६७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीमा हाल ८ लाख ७० हजार ९८९ वटा बीमालेख सक्रिय छन् ।
यस्तै, एशियन लाइफले पनि ८९ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीमा हाल वैदेशिक रोजगारमा रहेका नेपालीहरुको २ लाख ८५ हजार ४४६ बीमालेख सक्रिय छन् ।
यस्तै, नेपाल लाइफले २२ करोड ६५ लाख, आइएमई लाइफले २२ करोड ५० लाख, नेशनल लाइफले १८ करोड ३४ लाख, सानिमा रिलायन्स लाइफले १५ करोड ७६ लाख, सिटिजन लाइफले १३ करोड ६९ लाख, प्रभू महालक्ष्मीले १२ करोड ६१ लाख, सूर्यज्योतिले ११ करोड १ लाख र रिलायल नेपाल लाइफले १० करोड ६५ लाख रुपैयाँ बीमा शुल्क वैदेशिक रोजगार बीमा मार्फत संकलन गरेका छन् ।
यता, हिमालयन लाइफले ८९ लाख, गार्डियन माइक्रो लाइफले ४० लाख, क्रेष्ट माइक्रोले ११ लाख र लिवर्टी माइक्रोले २ करोड ३८ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।