विकास हाइड्रोपावरको आईपीओमा साढे चार गुणा आवेदन « Arthapath.com
१९ असार २०८२, बिहीबार

विकास हाइड्रोपावरको आईपीओमा साढे चार गुणा आवेदन



काठमाडौं । विकास हाइड्रोपावरको आईपीओमा साढे चार गुणा आवेदन परेको छ ।

दोस्रो दिनसम्ममा ११ लाख १३ हजार ५८५ जना आवेदकले १ करोड ३७ लाख ९ हजार ६ सय ८० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीको आइपीओमा माग भन्दा ४.६ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले बुधवारदेखि सर्वसाधारणको लागि २९ लाख ४२ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीले यसअघि ९ लाख ९ हजार १०१ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र ३ लाख ५४ हजार ५५० कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको थियो ।

कम्पनीको आइपीओ आगामी आइतबार (असार २२ गते) बन्द हुनेछ । आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्