को हुन् एकै पटक डेढ कित्ता संस्थापक सेयर बेच्न लागेका प्रभू महालक्ष्मीका तीन सेयरधनीहरु ? « Arthapath.com
२० असार २०८२, शुक्रबार

को हुन् एकै पटक डेढ कित्ता संस्थापक सेयर बेच्न लागेका प्रभू महालक्ष्मीका तीन सेयरधनीहरु ?



काठमाडौं । प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले झन्डै डेढ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीका संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ४८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले डा. आत्मराम घिमिरेको नाममा रहेको १ लाख २९ हजार ६०० कित्ता, हरि बा. कडेलको १८ हजार र लजना श्रेष्ठको १ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालयमा आइपुग्ने गरि दिनुपर्नेछ । उक्त सेयरको बिक्री मुल्य भने उल्लेख गरिएको छ ।

तोकिएको उक्त म्यादभित्र विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन नदिएको खण्डमा भने अन्य बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्