लघु निर्जीवन बीमा कम्पनीले उठाए झन्डै ८५ करोड प्रिमियम, कसले कति ? « Arthapath.com
२० असार २०८२, शुक्रबार

लघु निर्जीवन बीमा कम्पनीले उठाए झन्डै ८५ करोड प्रिमियम, कसले कति ?



काठमाडौं । लघु निर्जीवन बीमा कम्पनीहरुले ११ महिनामा झन्डै ८५ करोड रुपैयाँ बराबरको व्यापार गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा चार लघुबीमा निर्जीवन बीमकले ३ लाख ३९ हजार २१४ वटा बीमालेख जारी गरेका छन् । हाल नेपाल माइक्रो, प्रोटेक्टिभ माइक्रा, स्टार माइक्रो र ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीले कुल ८४ करोड ९५ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । जेठ महिनामा मात्रै ती कम्पनीले ८करोड २६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

समिक्षा अवधिमा सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सले २३ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ११ महिनामा ९२ हजार ७६२ वटा बीमालेख जारी गरेका छन् ।

यस्तै, प्रोटेक्टिभ माइक्रोले पनि २२ करोड १० लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ८७ हजार ५९९ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमा शुल्क आर्जन गरेको हो ।

यता, स्टार माइक्रो इन्स्योरेन्सले पनि ९१ हजार १८९ बीमालेख जारी गरि २० करोड १७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

समिक्षा अवधिमा ट्रस्ट माइक्रो इन्स्योरेन्सले १८ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ६७ हजार ६६४ वटा बीमालेख जारी गरि सो बराबरको बीमा शुल्क आर्जन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्