१० हजार कित्तासम्म भर्न पाइने गरि हिम स्टारको आइपीओ बिक्री खुला

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आइपीओ आजदेखि निष्कासन भएको छ ।
कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो ।
कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता सेयर जारी गर्न अनुमति पाएको हो । यसमा १ लाख ८६ हजार ५०० कित्ता साधारण आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ९३ हजार २५० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
अब कर्मचारीहरुलाई १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषहरुका लागि ४६ हजार ६२५ कित्ता सुरक्षित गरी बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता भने सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्कासन तथा बिक्री खुला गरेको हो ।
उक्त आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन छिटोमा असार २७ गतेसम्म दिन सकिनेछ भने ढिलोमा साउन ६ गतेसम्म लम्बिनेछ ।
कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।