इला शर्माको असामयिक निधनप्रति सिटिजन्स बैंकद्वारा श्रद्धाञ्जली व्यक्त
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको समितिको सदस्य इला शर्माको करीब ६० बर्षको उमेरमा हृदयाघातका कारण असमायीक निधन भएको छ । शर्माको स्वास्थमा असज महशुस भएपछि नर्भिक अस्पतालमा उपचारको क्रममा शनिबार निधन भएको हो ।
शर्मा विगत १ बर्ष देखि सिटिजन्स बैंकको समिति सदस्यमा थिइन्। कानुनमा विशेष अनुभव सँगालेकी शर्मा पूर्वनिर्वाचन आयुक्त थिइन्। उनले त्रिभुवन विश्वविद्यालय बाट पब्लिक इन्टरनेसनल ल एन्ड ह्यूमन राइट्समा एलएलएम गरेकी थिइन भने युनिभर्सिटी अफ हल युकेबाट पनि इन्टरनेसनल विजनेस ल, इन्टरनेसनल ट्रेड एन्ड डिभेलपमेन्टमा एलएलएम गरेकी थिइन् ।
उनीसँग अन्तराष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभव थियो । निर्वाचन सम्बन्धी कानुन, नियमावली र निर्देशनमा संलग्न उहाँ उच्चस्तरीय कानूनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्षसमेत रहेकी थिइन् ।
उनको पार्थिक शरीरमा आज पशुपतिको आर्यघाटमा बैंकको अध्यक्ष प्रबल जंग पाण्डे, संचालक दिग्विजय विष्ट, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल लगायतका बैंकका व्यवस्थापन समुहहरु बैंकको शेयरधनी र कर्मचारीहरुले पुष्पमाला अर्पण गरि अन्तिम बिधाई गरेको छ।
उनको असमायिक निधनले सिटिजन्स बैंक परिवार स्तब्ध भएको र बैंकलाई अपूरणीय क्षति पु¥याएको भन्दै उनको आत्माको चिर शान्तिको कामना र परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।












