२२ करोड ठगी प्रकरण : सेयर कारोबारी अग्रवालविरुद्ध ३ दिनको म्याद थप « Arthapath.com
५ असार २०८३, शुक्रबार

२२ करोड ठगी प्रकरण : सेयर कारोबारी अग्रवालविरुद्ध ३ दिनको म्याद थप



काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाल २२ करोड रुपैयाँ ठगीको आरोपमा पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरले टोखाबाट पक्राउ गरेका अग्रवालमाथि ठगी र विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान गर्न तीन दिनको म्याद थप गरेको छ ।

प्रहरीका अनुसार अग्रवालले सेयर कारोबारको नाममा विभिन्न लगानीकर्ता र धितोपत्र दलाल कम्पनीहरूलाई आर्थिक प्रलोभन देखाई ठगी गरेका थिए । उनीमाथि विश्वासमा लिई लगानी गराउने र पछि रकम नफिर्ता गर्ने जस्ता गतिविधिमा संलग्न रहेको आरोप लागेको छ ।

काठमाडौं प्रहरी परिसरका एसपी अपील राज बोहराका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी छ ।


प्रतिक्रिया दिनुहोस्