१२ कम्पनीको हकप्रद सेयर नेप्सेमा सूचीकृत, कुनको कति कित्ता ?
काठमाडौं । विभिन्न क्षेत्रका एक दर्जन कम्पनीहरुको ९ करोड कित्ता बढी हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
नेप्सेले हालै उपलब्ध गराएको गत आर्थिक वर्ष २०८१–८२ को वार्षिक तथ्याङ्कले यस्तो देखाएको हो ।
गत आवमा १२ वटा कम्पनीहरुको कुल ९ करोड २१ लाख ९३ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएका छन् ।
नेप्सेका अनुसार हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट लिमिटेड, बेष्ट फाइनान्स, हिमालयन उर्जा विकास, आँखु खोला, लिवर्टी इनर्जी, एनएलजी इन्स्योरेन्स, एलआइसी नेपाल, ङादी ग्रुप, नेको इन्स्योरेन्स, सन नेपाल लाइफ र नेपाल फाइनान्सको हकप्रद सेयर सूचीकृत भएको हो ।
कुन कम्पनीको कति कित्ता हकप्रद सेयर सूचीकृत ?














