नेपाल एसबिआई बैंकलाई अन्तर्राष्ट्रिय अवार्ड, डिजिटल नवप्रवर्तन र उत्कृष्टता प्रति उच्च पहिचान
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले हालै अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित अवार्डहरू हात पारेको छ । योसँगै बैंकले आफूलाई डिजिटल नवप्रवर्तन र ग्राहक केन्द्रित सेवाप्रति आफ्नो प्रतिबद्धता प्रमाणित गरेको छ ।
बैंकले लण्डनस्थित क्यापिटल फाइनान्स इन्टरनेसनलबाट ‘च्याम्पियन इन मोडर्न बैंकिङ्ग इनोभेसन नेपाल २०२५’ को उपाधि प्राप्त गरेको छ ।
उक्त अवार्डले बैंकको डिजिटल रुपान्तरण र नवप्रवर्तनमाथिको लगानीलाई अन्तर्राष्ट्रिय मान्यता दिएको हो ।
त्यस्तैगरी, सिंगापुरस्थित एशियन बैंकिङ्ग एण्ड फाइनान्सद्वारा आयोजित होलसेल बैंकिङ्ग अवार्ड २०२५ अन्तर्गत बैंकले ‘नेपाल डोमेस्टिक डिजिटल ट्रान्सफर्मेसन बैंक अफ द इयर’ र ‘नेपाल डोमेस्टिक टेक्नोलोजी एण्ड अपरेसन्स बैंक अफ द इयर’ अवार्ड जित्न सफल भएको छ ।
साथै, रिटेल बैंकिङ्ग अवार्ड २०२५ अन्तर्गत ‘डिजिटल बिजनेस बैंकिङ्ग इनिसियटिभ अफ द इयर–नेपाल’ र ‘एसएमई बैंक अफ द इयर– नेपाल’ को अवार्ड समेत बैंकले प्राप्त गरेको छ ।
यी चारवटा अवार्ड तथा सिएफआईको सम्मान बैंकले प्रदान गर्दै आएको होलसेल तथा रिटेल बैंकिङ्ग सेवाहरूमा देखिएको डिजिटल रूपान्तरण, प्रविधिमा आधारित सेवा विस्तार, र नवप्रवर्तनप्रतिको अटल प्रतिबद्धता झल्काउँछ ।
बैंकले ३२ वर्षदेखि नेपाली वित्तीय बजारमा सेवा दिँदै आइरहेको छ । हाल बैंकका देशभर १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ्ग इकाइ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।



















