२४ भदौ २०८३, बुधबार

जगदम्बा मोटर्सले १४ देखि १९ सिटर व्यावसायिक इलेक्ट्रिक गाडीहरु नाइमा मोबिलिटी एक्सपोमा प्रस्तुत गर्दै



काठमाडाैं। नेपालको एक अग्रणी अटोमोबाइल कम्पनी जगदम्बा मोटर्स प्रालि, शंकर समूह अन्तर्गतको प्रतिष्ठित संस्था, अब व्यावसायिक विद्युतीय सवारीसाधन (इभी) क्षेत्रमा समेत आफ्नो उपस्थिति विस्तार गर्दैछ।

कम्पनीले चिनियाँ ब्रान्डहरू फारिजोन, चेरी वान्डा र किङ लङ मार्फत १४ देखि १९ सिटर क्षमताका व्यावसायिक इभीहरू नेपाली बजारमा ल्याएको छ।

पछिल्ला केही वर्षमा निजी प्रयोगमा इभीहरूको उल्लेखनीय बृद्धिपछि, अब व्यावसायिक प्रयोजनका लागि पनि विद्युतीय सवारीहरूमा आकर्षण बढेको देखिएको छ। यही मागलाई ध्यानमा राख्दै, कम्पनीले सार्वजनिक यातायात, कार्यालय यातायात, र पर्यटन क्षेत्रका लागि उपयुक्त बहुउपयोगी भ्यानहरू सार्वजनिक गरेको हो।

फारिजोन – १९ सिटर भ्यान :
ग्ली ग्रुप अन्तर्गतको फारिजोन ब्रान्डले पूर्ण विद्युतीय प्लेटफर्ममा आधारित भ्यान उत्पादन गर्दछ। नाइमा एक्स्पोमा प्रस्तुत गरिएको यस मोडलमा १७० किलाेवाट क्षमताको मोटर प्रयोग गरिएको छ, जसले नेपालको चिप्लो र उकालो सडकहरू सहजै पार गर्न सक्छ। ८२.८८किलाेवाट/ आवर लिथियम ब्याट्रीले लामो दूरी यात्रा गर्न सक्षम बनाउँछ।

यस भ्यानले ईयू डब्ल्यूभीटिए (युरोपेली युनियन सवारी साधन प्रकार स्वीकृति) प्रमाणपत्र प्राप्त गरेको छ, जसले यसमा यूरोपियन युनियनका सुरक्षा र गुणस्तर मापदण्ड पुरा भएको प्रमाणित गर्छ। १९ सिट क्षमताको स्पेसियस भ्यान विशेषगरी पर्यटन र अन्तरसहर सेवाका लागि उपयुक्त छ।

सुरक्षाको दृष्टिकोणले यसमा डिस्क ब्रेक, एयरब्याग, एबिएस, इबिडी, ३६० डिग्री क्यामेरा, एडिएस, एभीएएस जस्ता प्रविधिहरू समावेश छन्। साथै चालकको सुविधाका लागि एसी, हिटर, हीटेड सिट र स्टेरिङको व्यवस्था गरिएको छ।

यस भ्यानको ब्याट्रीमा ४ वर्ष वा ७ लाख किलोमिटरको वारन्टी तथा मोटरमा ५ वर्ष वा २ लाख किलोमिटरको वारन्टी दिइएको छ। यसको प्रारम्भिक मूल्य रु. ७६,९०,००० तोकिएको छ।

चेरी वाण्डा – १४ सिटर माइक्रोबस :
चेरी र वाण्डाको सहकार्यमा बनेको यो माइक्रोबस शहरी आवागमनका लागि एक भरपर्दो र किफायती विकल्प हो। यसमा ५३.५८ किलाेवाट/ आवर को सीएटिएल ब्याट्री जडान गरिएको छ जसले ३०० किलोमिटरसम्मको दाबी गरिएको दायरा प्रदान गर्छ (प्रयोग शर्त अनुसार फरक पर्न सक्छ)।

यसमा १८० मिमी ग्राउन्ड क्लेयरन्स रहेको छ, जसले नेपालको सडकका लागि उपयुक्त बनाउँछ। ब्याट्रीमा ५ वर्ष वा ३ लाख किलोमिटरको र मोटरमा ५ वर्ष वा २ लाख किलोमिटरको वारन्टी दिइएको छ। यसको प्रारम्भिक मूल्य रु. ५६.५ लाख मात्र राखिएको छ।

जगदम्बा मोटर्सको अभिमत :
कम्पनीका वरिष्ठ उपाध्यक्ष श्री राजु भेतवालका अनुसार, “नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२५ मा हामी विभिन्न व्यावसायिक इभी समाधानहरू प्रस्तुत गर्दैछौं। हाम्रा गाडीहरूले इभी पारिस्थितिकी तन्त्रलाई मजबुत बनाउँदै व्यवसायिक चालकहरूको बोझ कम गर्नेछन्।”

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२५ मा जगदम्बा मोटर्सको स्टल डी-१६, हल डी मा अवस्थित हुनेछ। कार्यक्रममा सहभागी हुने ग्राहकहरूले बुकिङमा विशेष अफरहरू प्राप्त गर्ने अवसर पनि पाउनेछन्।