‘नाइमा मोबिलिटी एक्स्पो’ : बजाज चेतक स्कुटरमा चुलियो आकर्षण, १०० भन्दा बढी युनिट बुकिङ
काठमाडौं । गत बुधवारदेखि संचालनमा आएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ आज केही बेरमा सकिँदै छ ।
एक्स्पोमा विद्युतीय सवारी साधनहरूको ठूलो भिड थियो, जहाँ बजाज चेतक स्कुटरले प्रमुख आकर्षण बनाएको छ । लगातर ६ दिनसम्म चलेको एक्स्पोमा चेतक स्कुटरले १०० भन्दा बढी युनिट बुकिङ हासिल गरेको छ ।

यो इलेक्ट्रिक स्कुटरको स्मार्ट डिजाइन, उच्च टेन्सिलिटी र उन्नत सुविधाहरूले ग्राहकहरूको मन जितेको देखिन्छ । आईपी ६७ प्रमाणित मेटल बडी, १५३ किमी रेंज र फास्ट चार्जिङ सुविधाले चेतकलाई शहरी र पहाडी क्षेत्रका लागि एक आदर्श सवारी बनाएको छ ।
बजाज चेतकले एक्स्पोमा बलियो उपस्थिती जनाएको कम्पनीका प्रतिनिधिहरू बताउँछन् ।












