२४ भदौ २०८३, बुधबार

नेपालमा पहिलो उड्ने ट्याक्सी ‘ईभीटोल’ को शुभारम्भ, प्रधानमन्त्री ओलीद्वारा सार्वजनिक



काठमाडौं । नेपालमा पहिलो पटक उड्ने ट्याक्सीको युगको शुरुवात भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नाडा अटो शो–२०२५’ को प्रदर्शनीमा ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ) सार्वजनिक गरेका हुन् ।

नयाँ ड्रोन–जस्तो उड्ने ट्याक्सी नेपालमा नयाँ युगको मोबिलिटीको प्रतीक बनिसकेको छ । उड्ने ट्याक्सीलाई चिनियाँ कार निर्माता कम्पनी चांगान अटोसँगको सहकार्यमा एमएडब्लु वृद्धि द्वारा प्रदर्शनीमा राखिएको हो ।