२० वटै बैंकको ‘सेयर कारोबार’बाट हुने कमाई बढ्यो, कसले कति कमाउँछन् ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

२० वटै बैंकको ‘सेयर कारोबार’बाट हुने कमाई बढ्यो, कसले कति कमाउँछन् ?



काठमाडौं । सेयर कारोबारबाट हुने बैंकहरुको कमाई उच्च दरमा वृद्धि भएको छ । एकै वर्ष बैंकहरुको यस्तो कमाई साढे ५३ प्रतिशत बढेको छ ।

बैंकहरुले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्ष बैंकहरुले सेयर कारोबारबाट ९ अर्बा ३८ करोड ३२ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेका छन् ।

यो अघिल्लो वर्षको तुलनामा ५३.५७ प्रतिशत बढी हो । अघिल्लो वर्ष पनि ६ अर्ब ११ करोड १ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेका थिए ।

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई चुक्ता पुँजीको १ प्रतिशत सेयर बजारमा लगानी गर्न पाउने सुविधा दिएको छ । सो सुविधामार्फत बैंकहरुले सेयर बजारमा गरेको लगानी नेट ट्रेडिङ इनकममा देखाउनुपर्ने प्रावधान छ । सोही प्रावधान बैंकहरुले सो बराबरको आम्दानी गरेका हुन् ।

गत वर्ष २० वटै बैंकहरुको सेयर कारोबारबाट हुने आम्दानी बढेको छ । सेयर कारोबारबाट सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकले आम्दानी गरेको छ । गत वर्ष बैंकले ९१ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको तुलनामा भने यो ५७.८५ प्रतिशत धेरै हो ।

दोस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७६ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । बैंकको यस्तो आम्दानी ६३.१५ प्रतिशत बढेको हो ।

यता, स्ट्याण्र्डर्ड चार्टर्डले पनि ७६ करोड १० लाख, नबिल बैंकले ७६ करोड ८१ लाख, हिमालयन बैंकले ६३ करोड २५ लाख, सानिमाले ५९ करोड ३३ लाख, प्रभूले ५४ करोड २६ लाख, कृषि विकासले ५७ करोड ८५ लाख, लक्ष्मी सनराइजले ५२ करोड २ लाख, एभरेष्टले ४९ करोड ९३ लाख, सिद्धार्थले ४२ करोड ४१ लाख, कुमारीले ४० करोड ९३ लाख रुपैयाँ आम्दानी गरेका छन् ।

यता, एनएमबिले ३६ करोड ५ लाख माछापुच्छ्रेले ३३ करोड २१ लाख, सिटिजन्सले ३० करोड २७ लाख, नेपाल एसबिआईले २८ करोड ८ लाख, प्राइमले २४ करोड, नेपाल बैंकले २० करोड २१ लाख, एनआइसी एशियाले १६ करोड २७ लाख र राष्ट्रिय वाणिज्यले १२ करोड ९४ लाख रुपैयाँ आम्दानी सेयर कारोबारबाट गरेका छन् ।

कुन बैंकले कति कमाउँछन् ?

स्रोत: सम्वन्धित बैंकले प्रकाशन गरेको गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण, रकम हजारमा


प्रतिक्रिया दिनुहोस्