भारतबाट ४० हजार टन गहुँ आयात हुँदै, उद्योगीलाई ७ दिनको समयसीमा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

भारतबाट ४० हजार टन गहुँ आयात हुँदै, उद्योगीलाई ७ दिनको समयसीमा



काठमाडौं । सरकारले भारतबाट ४० हजार टन गहुँ आयात गर्न प्रक्रिया अघि बढाएको छ । भारत सरकारअन्तर्गतको नेसनल कोअपरेटिभ एक्सपोर्ट लिमिटेड मार्फत नेपाललाई उक्त परिमाणको गहुँ आयात कोटा प्रदान गरिएको हो ।

खाद्य तथा मैदा उद्योगका लागि तोकिएको यो कोटा ७ दिनभित्र प्रस्ताव पेश गर्न उद्योग विभागले आग्रह गरेको छ । प्रस्ताव पेश गर्ने उद्योगहरूले गहुँ आयातको सुनिश्चितता गर्नुपर्नेछ, अन्यथा कोटा वितरण नहुने स्पष्ट गरिएको छ ।

यसअघिको अनुभवलाई आधार मानेर यसपटक कोटा पाउने उद्योगीहरूमा औद्योगिक दर्ता, वार्षिक योजनामा गहुँ प्रयोगको उल्लेख र तीन महिनाभित्र आयात पुरा गर्नेजस्ता सर्तहरू लागू गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्