माछापुच्छ्रेको बैंकको २० वर्षे लाभांश इतिहास, सेयरधनीलाई कुन वर्ष कति दियो ?
काठमाडौं । अघिल्लो वर्ष आफ्ना सेयरधनीको हात रित्तो बनाएको माछापुच्छ्रे बैंकले यो वर्ष भने लाभांश दिने भएको छ ।
गत आर्थिकको मुनाफाबाट बैंकले ४ प्रतिशत बोनस सेयर र ४ प्रीतशत नगद गरि कुल ८ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
भदौ १३ गते बसेको बैंक संचालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । योसँगै गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ । गत वर्ष बैंकको खुद नाफामा झन्डै दोब्बर (९२.४५ प्रतिशत) बढेको छ । गत वर्ष २ अर्ब १ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड रुपैयाँ कायम भएको थियो । बैंकको लाभांश क्षमता ९.२३ प्रतिशत रहेको थियो । तर, बैंकले यो गत वर्षको मुनाफाबाट ८ प्रतिशत मात्रै लाभांश दिने निर्णय गरेको हो ।
बैंकको २० वर्षको लाभांश इतिहास हेर्ने हो भने ७ वर्ष भने लगानीकर्ताको हात खाली बनाएको छ । तर, अधिकांश वर्षहरुमा भने आफ्नो हैसियत अनुसार लाभांश दिएको छ ।
आर्थिक वर्ष २०६२–६२ पछिको लाभांश इतिहासमा बैंकले सबैभन्दा उच्च लाभांश २०७२–७३ मा दिएको छ । सो वर्ष बैंकले २०.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०९ प्रतिशत नगद लाभांश गरि कुल २१.८४ प्रतिशत लाभांश दिएको देखिन्छ । आव २०६४–६५ मा पनि बैंकले २१.०५ प्रतिशत लाभांश दिएको थियो ।
कुन वर्ष कति दियो ?














