निरन्तर बढेको सुन-चाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?
मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ ।
पछिल्ला केहि दिनयता नेपाली बजारमा सुन र चाँदीको मूल्यले निरन्तर रेकर्ड बनाउदै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला दुई लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबारको बजारमा छापावाला सुन प्रतितोला दुई लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर दुई हजार ४८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबारको बजारमा यो तोलाको दुई हजार ४७० रुपैयाँमा कारोबार भएको थियो ।













