१३ कार्तिक २०८३, शुक्रबार

गोंगबुमा प्रहरीको छापा, एक घरबाट ठूलो मात्रामा रकम बरामद



काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक घरमा मंगलबार प्रहरीले छापा मारेर ठूलो मात्रामा नगद रकम बरामद गरेको ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय र रानीपोखरीस्थित जिल्ला प्रहरी परिसरको संयुक्त टोलीले छापा मारेको हो ।

प्रहरीका अनुसार गोरखा स्थायी ठेगाना भएका र हाल गोंगबुमा बस्दै आएका ७६ वर्षीय विनोदकुमार श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ । उनी सुनको कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

बरामद रकम करोडौंमा हुन सक्ने अनुमान गरिएको छ। यथार्थ रकम पत्ता लगाउन बैंकबाट नगद गन्ने मेसिन झिकाइएको प्रहरीले जनाएको छ ।

अधिकृत स्रोतका अनुसार अनुसन्धानलाई थप अघि बढाइएको छ भने बरामद रकमको श्रोत खोजी कार्य तीव्र पारिएको छ।