१३ कार्तिक २०८३, शुक्रबार

नक्कली भुटानी शरणार्थी प्रकरण : ३३ जना प्रतिवादीमाथि अन्तिम सुनुवाइ सुरु



काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगी प्रकरणको अन्तिम सुनुवाइ काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ ।

३३ जना प्रतिवादीमध्ये २२ जना पक्राउ परिसकेका छन् भने ११ जना अझै फरार छन्।

२०७६ मा गृहमन्त्री रामबहादुर थापाको पालामा गठन गरिएको कार्यदलमार्फत ठगीको योजना सुरु भएको र कांग्रेस नेता बालकृष्ण खाँणको पालामा तीव्र भएको अनुसन्धानबाट खुलेको हो ।

करिब ३० करोड रुपैयाँभन्दा बढी ठगी गरिएको यो प्रकरणमा उच्च राजनीतिक र प्रशासनिक तहका व्यक्ति मुछिएका छन् । अदालतको फैसलासँगै यो बहुचर्चित प्रकरणको निष्कर्ष आउने अपेक्षा गरिएको छ ।