आवश्यक परे प्रदर्शनकारीमाथि गाेली चलाउन सीडीओको आदेश
काठमाडौं । प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनि गरे गोली चलाउने आदेश दिइएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले सार्वजनिक सम्पत्ति संरक्षणका लागि भन्दै सुरक्षाकर्मीहरूलाई गोली चलाउने आदेश दिएका हुन् ।
सोझै कुनै व्यक्तिमाथि गोली प्रहार गर्न आदेश नभए पनि आवश्यक परेमा रवरको गोली हान्ने आदेश दिइएको प्रहरीले जनाएको छ ।
अहिलेसम्म प्रहरीको गोली लागेको एक जनाको ज्यान गउको छ भने एकको अवस्था गम्भीर छ बाँकी ८० जना घाइतेको उपचार भइरहेको छ । विस्तृत विवरण अझै आउन बाँकी छ ।
तर अहिलेसम्म कति जनामाथि गोली प्रहार भयो र कति घाइते छन् भन्नेबारे कुनै जानकारी नभएको उनले बताए ।












