रिभर फल्स पावरको हकप्रद शेयर आवेदन अवधि असोज २६ गतेसम्म थपियाे
काठमाडाैं । रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ। अब लगानीकर्ताले असोज २६ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअन्तर्गत ७० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गरिएको छ।
यस प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो। सो अनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन्।













