जेनजी प्रदर्शनकाे प्रभाव भन्दै विश्व बैंकले ह्वात्तै घटायाे नेपालकाे आर्थिक वृद्धि प्रक्षेपण - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जेनजी प्रदर्शनकाे प्रभाव भन्दै विश्व बैंकले ह्वात्तै घटायाे नेपालकाे आर्थिक वृद्धि प्रक्षेपण



काठमाडाैं । चालु आर्थिक वर्ष २०८२/८३ को लागि विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण घटाएको छ।

यसअघि आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत र आर्थिक वर्ष २०८३/८४ मा ५.५ प्रतिशत हुने प्रक्षेपण गरेकाे विश्व बैंकले वृद्धि दर घट्ने उल्लेख गरेकाे छ ।

अब नेपालकाे आर्थिक वृद्धिकाे प्रक्षेपण चालु आवमा २.१ प्रतिशत र आगामी आवमा ४.७ प्रतिशतमा झारेकाे हाे ।

नेपालमा हालै भएको प्रर्दशनको कारण यस्तो प्रक्षेपण घटाउनु परेको विश्व बैंकले उल्लेख गरेको छ।आन्दोलन हुनुमा नेपालीहरूको शासन प्रणाली प्रतिको असन्तुष्टि र आर्थिक अवसरको अभाव रहेको विश्व बैंकले जनाएकाे छ ।

यस्तै भष्ट्राचार, अनिश्चित व्यवसायिक वातावरण, उच्च व्यापार लागत र पूर्वाधार अभाव जस्ता संरचनात्मक कमजोरीको कारण नेपालको विकास समकक्षी मुलुकहरूको तुलनामा ढिलो भइरहेको विश्व बैंकले जनाएको छ।

विश्व बैंकले नेपालसहित भारत र मालदिभ्सको पनि वृद्धि दर घटाएको उल्लेख गरेको छ। भारतको निर्यातमा देखिएको कमि, मालदिभ्समा विदेशी मुद्रा सञ्चितिमा देखिएको दबाबले यस्ताे अवस्था सिर्जना गरेकाे बताइएकाे छ ।

दक्षिण एसियाको भने यस वर्ष आर्थिक वृद्धि औसत ५.८ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। यसअघिको वर्ष यस्तो वृद्धिदर ६.६ प्रतिशत थियो।


प्रतिक्रिया दिनुहोस्