आरएसडीसी लघुवित्तले कमायो २ करोड ११ लाख नाफा, मुख्य सूचक कस्ता ?
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले तीन महिनामै सवा २ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीले सोमबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
सो अवधिमा कम्पनीले २ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । तर, यो नाफा गत आवको तुलनामा भने १९.१२ प्रतिशत कमी हो । गत आवको पहिलो तीन महिनामा २ अर्ब ६० करोड ९८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ३०.०४ प्रतिशत घटेर ४ करोड ४८ लाख रुपैयाँ कायम भएको छ । जबकि, गत आवको सोही अवधिमा कम्पनीले ६ करोड ४० लाख बढी ब्याज आम्दानी गरेको थियो ।
कम्पनीको संचालन नाफा १९.१२ प्रतिशत घटेर ३ करोड १ लाख रुपैयाँ कायम भएको छ । समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा भने ९ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।
हाल कम्पनीको खराब कर्जा पनि बढेर ४.४४ प्रतिशत पुगेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३ करोड ४० लाख रुपैयाँ छ । कम्पनीले जगेडा तथा कोषमा भने २८ करोड ९९ लाख रुपैयाँ राखेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ८.१६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२८.०४ रुपैयाँ कायम भएको छ।













