आगजनी तथा तोडफोडकाे घटनामा अनुसन्धान गर्न सर्वोच्च र जिल्ला अदालतले प्रहरीमा दिए जाहेरी
काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा तोडफोड र आगजनीको घटना अनुसन्धान गर्न सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन् ।
दुवै अदालतले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा जाहेरी दिएका हुन् ।
जाहेरी आएसँगै प्रहरीले अदालत तोडफोड र आगजनी घटनामा संलग्नहरूको खोजी सुरु भएको प्रहरीले बताएको छ ।उनीहरूको पहिचान गरेर कानुनी दायरामा ल्याउनका लागि प्रहरी जुटेको छ ।













