सार्वभौम क्रेडिट रेटिङ अध्यावधिक गर्न फिचको टोलि नेपालमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सार्वभौम क्रेडिट रेटिङ अध्यावधिक गर्न फिचको टोलि नेपालमा



काठमाडौं । नेपालको सार्वभौम साख मूल्यांकन (कन्ट्री रेटिङ) अध्यावधिक गर्न ‘फिच रेटिङ्स’ कम्पनीको टोली नेपाल आएको छ । उक्त टोलिले मंगलबारबाट काम थालेको सरकारी अधिकारीहरु बताएका छन् ।

मंगलबार नेपाल राष्ट्र बैंकसँग छलफल गरेको उक्त टोलिले बुधबार अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गर्ने छ ।

गत सेप्टेम्बर (भदौ अन्तिम साता) नै नेपाल आउने योजनामा रहेको उक्त टोलि ढिलागरी काठमाडौँमा अवतरण भएको हो । भदौमा भएको जेनजी आन्दोलनका कारण टोलि यहाँ आउन ढिलाइ भएको अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

पोहोर साल मंसिरमा ‘फिच रेटिङ्स’ले नेपाललाई ‘डबल बी माइनस’ (BB-) रेटिङ दिएको थियो । तर जेनजी आन्दोलनपछि अर्थतन्त्रको हालत खराब भएको र सार्वजनिक ऋण पनि बढ्दै गएका कारण त्यो रेटिङ कायम राख्न चुनौतीपूर्ण हुनसक्ने ठानिएको छ ।

‘फिच रेटिङ्स’ले हरेक साल नेपालको क्रेडिट रेटिङको अध्यावधिक मूल्यांंकन गरी नयाँ रेटिङ प्रदान गर्ने छ । पोहोर साल पनि भदौ अन्तिम साता नेपाल आएको टोलिले विभिन्न पक्षसँग छलफल गरेर तथ्यांकहरुको विस्तृत विश्लेषण गरेपछि मंसिर पहिलो साता रेटिङ उपलब्ध गराएको थियो ।

यो वर्ष भने नयाँ रेटिङ आउन केही बढी समय लाग्नसक्ने अनुमान सरकारी अधिकारीहरुको छ ।


प्रतिक्रिया दिनुहोस्