आज सागसब्जी तथा फलफूलको थोक मूल्य कति छ ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

आज सागसब्जी तथा फलफूलको थोक मूल्य कति छ ?



काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि प्रमुख तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ ।

तरकारी तर्फ गोलभेँडा भारतीय (ठूलो) प्रतिकिलो ८० रुपैयाँ र स्थानीय सानो ३५ रुपैयाँ कायम गरेको छ । यता टनेल तर्फको गोलभेडाको मूल्य भने प्रतिकिलो १०० रुप्ैइाँ कायम भएको छ ।

यस्तै, आलु रातो ७५ रुपैयाँ र सेतो आलु ६०रुपैयाँ कायम भएको छ । प्याज भारतीय ४० रुपैयाँ; गाजर स्थानीय १२० रुपैयाँ, तराई ११० रुपैयाँ कायम भएको छ ।
यता, पालुङ्गो र चमसुर १५०रुपैयाँ, मेथी २००; खुर्सानी हरियो७०–१२०; लसुन हरियो २५० र सुकेको रु १८०–२०० रुपैयाँ निर्धारण भएको छ ।

फलफूल तर्फ भने झोले स्याउ प्रतिकेजी २३०, फुजी ३०० रुपैयाँ कायम भउको छ । केरा (दर्जन) १४० रुपैयाँ, कागती १२०; अनार ३५०; सुन्तला नेपाली १०० र भारतीय १३०; तरबुजा हरियो ८० रुपैयाँ कायम भएको छ । यता, नास्पाती चाइनिज २२७; आभोकाडो ३५०; किवी २६० रुपैयाँ तोकिएको छ ।

समितिका अनुसार आज माछा ताजा (रहु) ३४०, बचुवा २८०, छडी २५०; माछा सुकेको १००० रुपैयाँ तोकिएको छ । यता, राजा च्याउ ३००, सिताके च्याउ ९०० रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्