बन्दीपुर केबलकारको आइपीओ सूचीकृत, भोलि कतिमा खुल्छ पहिलो कारोबार ?
काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको सेयर सूचीकृत भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको २ करोड ८३ लाख कित्ता सेयर सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारणमा वितरण गरेको ५८ लाख ६० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २ करोड २४ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको छ ।
कम्पनीको सेयर भोलि अर्थात् कात्तिक २५ गतेदेखि कारोबारमा आउनेछ । पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई ९५ रुपैयाँ २४ पैसादेखि २८५ रुपैयाँ ७२ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । मंगलबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित दोस्रो बजारमा सेयर कारोबार हुनेछ ।













