नगद काराेबारमा सरकारकाे कडाइः माघ १ देखि ५ लाखभन्दा बढी कारोबार नगदमा गर्न नपाइने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नगद काराेबारमा सरकारकाे कडाइः माघ १ देखि ५ लाखभन्दा बढी कारोबार नगदमा गर्न नपाइने



काठमाडाैं । सरकारले ठूलो रकमका नगद कारोबारमा कडाइ गर्ने उद्देश्यले नगद कारोबारको सीमा घटाउने निर्णय गरेको छ।

अर्थमन्त्रालयकाे सफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५ लाख सेवा वा वस्तुको खरीद–बिक्री तथा अन्य वित्तीय कारोबारकाे नगद सिमा ५ लाखमा झारेकाे हाे ।

एकपटकमा पाँच लाख रूपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरीद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैङ्किङ उपकरणमार्फत गर्नुपर्ने गरी नगद कारोबारको सीमा निर्धारण गरिएकाे छ । याे नियम माघ १ गतेदेखि लागु हुनेछ।

हाल १० लाखसम्मको कारोबार नगदमा गर्न पाइने व्यवस्था व्यवस्था रहँदै आएको छ ।

यसबाट सरकारले बैंकिङ उपकरणको प्रयोगलाई प्रोत्साहन गर्ने र आर्थिक गतिविधिमा डिजिटल तथा औपचारिक माध्यमको पहुँच विस्तार हुने विश्वास व्ययक्त गरेकाे छ ।


प्रतिक्रिया दिनुहोस्