सिटिजन लाइफको साधारण सभा पुस १८ मा, बूक क्लोज कहिले ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सिटिजन लाइफको साधारण सभा पुस १८ मा, बूक क्लोज कहिले ?



काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले आगामी पुस १८ मा वार्षिक साधारण सभा बोलाएको छ ।

काठमाडौँको नम्साल भाटभटेनी स्थित आम्रपाली ब्याङ्कवेटमा साधारण सभा डाकिएको भनेर कम्पनी सचिव दिपबहादुर बीसीले लेखेको पत्र नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको छ ।

उक्त साधारण सभाका लागि सिटिजन लाइफले पुस ८ गतेका लागि शेयरधनी दर्ता पुस्तिका बन्द (बूक क्लोज) गर्ने बताएको छ ।

यसकारण पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले साधामा भाग लिनुको साथै लाभांश पाउनेछन्।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा यसअघि नै गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्