सुपर खुदी हाइड्रोपावर पायो आइपीओ निष्काशनको अनुमति  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुपर खुदी हाइड्रोपावर पायो आइपीओ निष्काशनको अनुमति 



काठमाडौँ । सुपर खुदी हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डबाट हाइड्रोपावरले आइपीओ बिक्री गर्ने अनुमति पाएको हो । 

प्रतिकित्ता १०० रुपैयाँका दरले ३१ लाख कित्ता शेयर बिक्री गर्ने अनुमति पाएको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५५ करोड रुपैयाँ बराबरको हरेको छ । 

कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्