प्रभु बैंकका सिइओ शेयरचनसहित ५ जनालाई ५ दिन म्याद थप « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

प्रभु बैंकका सिइओ शेयरचनसहित ५ जनालाई ५ दिन म्याद थप



काठमाडौं । प्रभु बैंकका कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई थप ५ दिन थुनामा राख्न म्याद थप भएको छ । शेयरचनसहित ५ जनालाई म्याद थप ५ दिन अनुसन्धान गर्न म्याद थप भएको हो ।

डेपुटी सिइओ मणिराज पोखरेल, प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ र सुजिन शाक्य गुण ग्रुपका अध्यक्ष राजेन्द्र शाक्यलाई उच्च अदालत पाटनले थप ५ दिन अनुसन्धान गर्न म्याद पाएको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।

न्यायाधीश चन्द्रबहादुर सारु र न्यायाधीश गिता प्रसाद तिम्सिनाको इजलासले म्याद थपको आदेश जारी गरेको हो ।
मंसिर १४ गते आइतबार शेरचनसहितका आरोपी पक्राउ परेका थिए ।


प्रतिक्रिया दिनुहोस्