एचआईडिसिएलको शेयर मूल्य समायोजन, कतिमा खुल्छ काराेबार ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

एचआईडिसिएलको शेयर मूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टेमन्ट एण्ड डेभलपमेन्टको शेयरमूल्य समायोजन भएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन नेप्सेले कम्पनीको १.५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य २५५ रुपैयाँ १७ पैसा कायम भएको छ। यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार, दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता २५९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

एचआईडिसिएलले पुस २१ गते, सोमबार, कार्की ब्याङ्कवेट, बबरमहल, काठमाडौँमा चौधौँ वार्षिक साधारण सभा बोलाएको छ।


प्रतिक्रिया दिनुहोस्