५ महिनामा ४ करोड २१ लाखको कफी निर्यात, सबैभन्दा धेरै स्विट्जरल्याण्डमा  - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

५ महिनामा ४ करोड २१ लाखको कफी निर्यात, सबैभन्दा धेरै स्विट्जरल्याण्डमा 



काठमाडौं । चालु आर्थिक वर्ष २०८२–०८२ को ५ महिनामा ४ करोड २१ लाख ७६ हजार रुपैयाँ बराबरको कफी निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार २१ हजार ७२५ केजी कफी निर्यात भएको छ । 

निर्यात भएको कफी मध्ये सबैभन्दा धेरै निर्यात स्विट्जरल्याण्डमा भएको छ । चलु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा १ करोड ४५ लाख २५ हजार रुपैयाँ बराबरको ७ हजार ६९८ केजी कफी निर्यात भएको छ । 

बढी निर्यात हुनेमा दोस्रो देशमा जापान रहेको छ । जापानमा ५ महिनामा ८१ लाख ६२ हजार रुपैयाँ बराबरको ५ हजार ४८९ केजी कफी निर्यात भएको छ । 

बढी कफी निर्यात हुने तेस्रो नम्बरमा जर्मनी रहेको छ । जसमा ५ महिनामा ७८ लाख १५ हजार रुपैयाँ बराबरको ५ हजार ३६८ केजी कफी निर्यात भएको छ । 

चौथोमा संयुक्त अरब इमिरेट्स (यूएई) रहेको छ । ५ महिनामा युएईमा ३२ लाख ६७ हजार रुपैयाँ बराबरको १ हजार ३६१ केजी कफी निर्यात भएको छ । 

धेरै कफी निर्यात हुने हिसाबले पाँचौँ देशमा पोल्यान्ड रहेको छ । पोल्यान्डमा पुस मसान्तसम्ममा २० लाख ७४ हजार रुपैयाँ बराबरको ८०० केजी कफी निर्यात भएको छ । 

समीक्षा अवधिमा संयुक्त अधिराज्य (बेलायत)मा मात्र १२ लाख १४ हजार रुपैयाँ बराबरको ७४० केजी कफी निर्यात भएको विभागको तथ्यांकले देखाएको छ । जुन कफी निर्यात हुने देशको हिसाबले छाँटौँ नम्बरमा हरेको छ । 

कफी निर्यातका हिसाबले सातौँ नम्बरमा अमेरिका रहेको छ । ५ महिनामा १२ लाख १६ हजार रुपैयाँ बराबरको ४५९ केजी कफी निर्यात भएको छ । 

बढी निर्यात भएको हिसाबले आठौँ नम्बरमा ताइवान कफी निर्यात भएको छ । ताइवानमा ५ महिनामा ९ लाख ८६ हजार रुपैयाँ बराबरको ५४० केजी कफी निर्यात भएको छ । 


प्रतिक्रिया दिनुहोस्