काठमाडौंको पुतलीसडकमा जकीकाे नयाँ एक्सक्लुसिभ शोरूम सञ्चालनमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

काठमाडौंको पुतलीसडकमा जकीकाे नयाँ एक्सक्लुसिभ शोरूम सञ्चालनमा



काठमाडाैं । विख्यात अन्तर्राष्ट्रिय ब्रान्ड जकीले काठमाडौंको प्रमुख व्यापारिक केन्द्र पुतलीसडकमा आफ्नो नयाँ एक्सक्लुसिभ शोरूम सञ्चालनमा ल्याएको छ।

उत्कृष्ट रिटेल अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको यस स्टोरमा पुरुष, महिला र बालबालिकाका लागि जकीका सम्पूर्ण उत्पादनहरू उपलब्ध छन् । यस स्टोरमा पुरुष, महिला तथा बालबालिकाका लागि आवश्यक भित्री वस्त्र (इनरवेयर), एथलिजर, एक्टिभवेयर, लाउन्जवेयर र थर्मल र दैनिक उपभोगका अत्यावश्यक लुगाहरू लगायतका सम्पूर्ण उत्पादनहरू उपलब्ध गराइएको छ।

ग्राहकको सुविधालाई मध्यनजर गर्दै बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुल्ने यस शोरूममा सही फिटिङ र शैली छनोटका लागि विशेष व्यक्तिगत सहायताको समेत व्यवस्था गरिएको छ।

यस नयाँ शोरूमको औपचारिक उद्घाटन समारोहमा लोकप्रिय नायिका प्रियंका कार्कीको विशेष उपस्थिति रहेको थियो। उद्घाटनका क्रममा नायिका कार्कीले जकी ब्रान्ड सधैं आराम र आत्मविश्वासको प्रतीक रहेको बताउँदै पुतलीसडकको यस प्रिमियम शोरूमले ग्राहकलाई एकै स्थानमा सम्पूर्ण लाइफस्टाइल उत्पादनहरू सहजै रोज्ने अवसर दिने विश्वास व्यक्त गरिन्।

स्टोर म्यानेजरद्वय मोहित कुमार सिन्हा र गोकुल शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै पुतलीसडकमा जकीको नयाँ अनुभव ल्याउन पाउँदा उत्साहित रहेको र यसले स्थानीय बजारमा विश्व-स्तरीय पहिरन उपलब्ध गराउने आफूहरूको प्रतिबद्धतालाई थप बलियो बनाएको बताए।

हाल काठमाडौं उपत्यका र बाहिरका विभिन्न स्थानहरूमा जकीका स्टोरहरू सञ्चालनमा रहे पनि पुतलीसडकको यस नयाँ एक्सक्लुसिभ आउटलेटले ग्राहकहरूलाई ब्रान्डसँग अझ नजिक बनाउने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्